घाउमा मलमको सट्टा नुन : पिडितहरु भन्छन् , सरकारले आफूहरुमाथि अन्याय गर्दै पीडा थपिदियो
- जेष्ठ १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
टीकापुर घटनामा ज्यानगुमाएका प्रहरी निरीक्षक बलराम विष्टकी छोरी जानु बिष्ट अहिले स्तब्ध छिन् । सरकारले रेशम चौधरीलाई रिहा गरेपछि यस घटनाका पिडितहरु अदालतले न्याय दिए पनि सरकारले आफूहरुमाथि अन्याय गर्दै पीडा थपिदिएको बताउन थालेका छन् ।
‘सर्वोच्च अदालतको फैसला सुनेपछि दोषीले सजाय पायो भनेर खुसी लागेको थियो तर अहिले सरकारको यो कदमले निशब्द बनायो । बोल्नलाई कुनै शब्द नै रहेन,’ विष्टले भनिन्, ‘हत्या गर्दै हिड्ने मान्छेलाई सरकारले माफी दिँदै जाने यो कस्तो कानून हो ?’
उनले सरकारको कदमविरुद्ध अन्य पीडितहरुसँग मिलेर पुनः न्यायिक लडाइँ लड्ने बताइन् । टीकापुर घटनामा ज्यान गुमाएका टीकापुरका १८ महिने बालक टेक साउदका बाजे जंगबहादुरले सरकारको निर्णय अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले अदालतले गरेको निर्णय सरकारले कुल्चिने भए कारागार र अदालत नै राख्नन हुने तर्क पनि गरे ।
‘कसैलाई जेलमा थुन्ने कसैलाई आममाफी दिने यो अन्यायपूर्ण कुरा भयो’ जंगबहादुरले भने, ‘उसो भए यो देशमा जेल किन चाहियो ? अदालत किन चाहियो ? सबैलाई माफी गरिदिएभयो ।’
२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा बालक साउद र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सर्वोच्च अदालतले २ जेठमा रेशमको जन्मकैद सदर गरेको थियो । लगतै रेशमले बाँकी कैद सजाय माफी मिनाहका लागि निवेदन दिएपछि शारदा पनि त्यसलाई रोक्न माग गर्दै राष्ट्रपति कार्यालय पुगिन् ।
त्यसकाका बावजुद सरकारले आममाफीका लागि सिफारिस गरेपछि शारदा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । तर उनको रिट दर्ता प्रक्रियामै रहेका बेला राष्ट्रपतिबाट माफी पाएर रेशम छुटेका छन् । डिल्लीबजार कारागारबाट रिहा भएपछि टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीको परिजारलाई न्याय दिलाउन सघाउने रेशमको प्रतिक्रियाप्रति समेत उनले आपत्ति जनाएकी छन् ।
‘रेशम चौधरीले हामीलाई न्याय दिलाउछौं भनेको समाचार पढेर थाहा पाए । उहाँलाई म भन्न चाहान्छु सुरुमा तपाईँ जसलाई मोहरा बनाएर बुवा र श्रीमतीलाई सत्तामा पु¥याउनुभयो, आफू जाने तयारीमा हुनुहुन्छ,’ बोहराले भनिन्, ‘उहाँहरुलाई न्यायदिनुस्, तपाईँसँगै जेलजीवन बिताइरहेका तपाईँका मान्छेलाई न्यायदिनुस् ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments