आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण
- जेष्ठ १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।
-कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
-संघीय कृषि ऐन तर्जुमा गरिनेछ ।
-पशुको विभिन्न रोगको ५ करोड ६० लाख डोज भ्याक्सिन नेपालमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
-औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।
-धान गहुँ लगायतका मुख्य बाली भित्र्याउनुअघि नै समर्थन मूल्य तोकिनेछ ।
-चोभारमा फलफुल र तरकारी बजार बनाउन बजेट विनियोजन गरिएको छ ।
-अगुवा किसानको अनुभव र ज्ञान कृषि उद्यम गर्न चाहनेलाई हस्तान्तरण गरिनेछ । यस्ता व्यक्तिलाई कृषि गुरु बनाइनेछ ।
-किसानलाई रासायनिक मल खरिदका लागि अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments