बजेट वक्तव्य: पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने
- जेष्ठ १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ ।
धार्मिक, सांस्कृतिकस्थललाई समेटेर धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र२०८१ को बजेट वक्तव्यमा उल्लेख छ ।
सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । एक सय वर्षभन्दा पुराना गुम्बाको संरक्षण गरिनुका साथै भूकम्पले भत्किएका नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, धादिङलगायत जिल्लाका गुम्बा पुनःनिर्माण गरिने भएको छ । गुठी जग्गा संरक्षणका लागि एकीकृत अभिलेख तयार गरिने भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments