ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पुर्याउने, सीमा विवादको समाधान खोज्नेमा कुरा हुन्छ : प्रधानमन्त्री दाहाल
- जेष्ठ १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भारत भ्रमणमा जान लागेको बताएका । सके राम्रो गर्ने नभए नराम्रो चाहिँ नगर्ने पनि प्रधानमन्त्री दाहालले बताए ।
माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै ठूलो बजारको सुनिश्चितता नहुँदा नेपालको विद्युतमा ठूलो लगानी आउन नसकेको भन्दै उनले बजार सुनिश्चित गर्ने सम्भावना रहेको बताए ।
बंगलादेशसम्म नेपालको विद्युत व्यापारको बाटो खोल्न सके भविश्यसम्म सम्झने काम हुने उनको भनाइ छ । उनले अघि भने, ‘पञ्चेश्वर २६ वर्षदेखि रोकिएर बसेको छ । त्यसलाई मात्र ठिक ढंगले खुलाउन सक्ने हो भने राम्रो गर्छ ।’
ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पु¥याउने, सीमा विवादको समाधान खोज्ने लगायतका एजेण्डा पनि रहेको उनले बताए । राम्रो गर्न बल गर्ने, सकिएन भने नराम्रो चाहिँ नगर्ने आफ्नो नीति रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठीक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments