भारतलाई गल्ती सच्याउन भन्न नसक्ने हो भने भारत भ्रमणमा जानुको औचीत्य छैन् : एमाले अध्यक्ष ओली

- जेष्ठ १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसदजस्तो ठाउँमा राख्ने कार्यलाई उचित मान्न नसकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस विषयमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा कुरा उठाउनुपर्ने बताए।
‘प्रधानमन्त्रीजी भोलि भारत जाँदै हुनुहुन्छ । भारतलाई गल्ती सच्याउनुस् भन्नुपर्छ’ उनले भने, त्यति गर्न नसक्ने भए भारत भ्रमणमा किन जाने?’
भारतले संसद भवनमा कुँदेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समेटेपछि विवादित भएको छ।
उनले विश्वव्यापी रुपमा बलियाले हेप्नु न्यायोचित छ भनेजस्तो भएको टिप्पणी गरे। बलियाले जे गर्छ त्यही सत्य हो भनेजस्तो स्थापित गराइएको छ। ओलीले भने, ‘संयुक्त राष्ट्रसंघ हेरेको हेरेकै छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर