•  २६ पुष २०८१, शुक्रबार

बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गरिन

- जेष्ठ १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रपतिबाट गणतन्त्र दिवसको दिन आममाफी पाएर कारागारमुक्त भएका रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
चौधरी टीकापुर घटनाका मुख्य योजनाकारको रुपमा पछिल्लो केही वर्षदेखि कारागारमा थिए । राष्ट्रपतिको आममाफीसंगै उनी सोमबार बिहान डिल्लीबजारस्थित कारागारबाट बाहिरिएका हुन् ।
टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गरेकी हुन् । यसैबीच, उक्त रिट निवेदन दर्ता भैसकेको छ भने बुधबारका लागि पेसी तोकिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिको उक्त निर्णयको चौतर्फी आलोचना भैरहेको छ । चौधरीलाई तीनै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय तोकेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर