बजेटमा चलचित्र क्षेत्र : दोलखा तथा काभ्रेको बनेपामा फिल्म सिटी तथा इन्डोर स्टुडियो निर्माण गरिने

- जेष्ठ १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा नेपाली चलचित्र क्षेत्रलाई पनि सम्बोधन गरिएको छ । बजेटमा नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने घोषणा अर्थमन्त्री डा.प्रकाश शरण महतले सोमबार प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले सार्वजनिक निजी साझेदारीमा दोलखा तथा काभ्रेको बनेपामा फिल्म सिटी तथा इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने बताएका छन् ।


नेपालमा चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती फिल्म स्टुडियो निर्माण गर्ने समेत उनले बताएका छन् । यसका साथै साहसिक पर्यटन तथा चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर