महिला टि-२० आई क्रिकेट : घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित
- जेष्ठ १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालले दोस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित हात पारेको छ । योसँगै नेपालले पाँच महिला टि२० आई खेलको सिरिज १(१ को बराबरी गर्न सफल भएको छ ।
जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २१ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहिन् ।
नेपाललाई ओपनर कविता कुँवर र सीता रानामगरले राम्रो सुरुवात दिलाउँदै जितको आधार तय गरेका थिए । कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाइन् । त्यस्तै अर्की ओपनर सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा बोल्ड आउट भइन् ।
सीता निक नुर अतालियाको बलमा बोल्ड भएकी थिइन् । विन्दु रावल १८ बलमा २ चौकासहित १७ रनमा क्याच आउट भइन् । सम्झना खड्का २ रनमा नटआउट रहिन् । मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । तर त्यो नेपाली ब्याटर सामु जित निकाल्न पर्याप्त भएन ।
मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएकी थिइन् । विनीफ्रेदलाई रविना क्षेत्री बेलबासेले २६ बलमा ३ चौकासहित २० रनमा बोल्ड गरिन् । जुलिया ३५ बलमा २० रनमा आउट भइन् । उनी इन्दु बर्माको बलमा सम्झना खड्काबाट क्याच आउट भइन् । रुविनाले नै एलिसालाई एलबीडब्लू आउट गरिन् । हामिजाह हाशिम १६ बलमा १४ रनमा नटआउट रहिन् ।
नेपालको रुविना क्षेत्रीबेलबासेले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा मलेसियासँग ५० रनमा अल आउट हुँदै ५ विकेटले पराजित भएको थियो । जुन नेपालले मलेसियासँग महिला टि२० आई खेलमा हारेको पहिलो खेल थियो । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments