•  ११ पुष २०८१, बिहीबार

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाँदै : भारतको संसदमा राखिएको नक्साका विषयमा कुरा उठाउनु पर्ने दबाब

- जेष्ठ १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारत भ्रमण जाँदैछन् ।

नयाँ जनमतपछि प्रधानमन्त्री भएका दाहाल पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन ।

टोलीमा भौतिक पूर्वाधारमन्त्री , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र एनपी साउँद, अर्थ प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत रहनेछन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ । परराष्ट्रमन्त्री एनपी राउँदका अनुसार भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने बताएका छन् ।

ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने उनको भनाइ छ ।

भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले पनि भ्रमणमा सके राम्रो गर्ने नसके कुनै नराम्रो काम नहुने बताउँदै आएका छन् । यतिबेला भारतको संसदमा राखिएको नक्सामा नेपाली नाम राखिएको विषयले पनि चर्चा पाएको छ । उक्त विषयमा पनि कुरा उठाउन भ्रमण टोलीलाई दबाब सिर्जना भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर