बजारमा पुस्तक : वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको ज्ञान ‘कालपात्र’
- जेष्ठ १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौंं ।
हिमालय टाइम्सका प्रधानसम्पादक प्राध्यापक पुरुषोत्तम दाहालको उपन्यास ‘कालपात्र’ लोकार्पण भएको छ ।
वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको ज्ञान रहेको कालपात्रमा प्रशासन, कानुन, संविधान जस्ता अन्य पक्ष जोडिएर आएको छ । पुस्तकलाई राजनीतिक उपन्यास भन्दा पनि हुने र उपन्यास पढ्दा डरलाग्दो दहमा फसेको अनुभूति हुने छ ।
राजनीति, प्रशासन, पत्रकारिता, कानुन लगायतमा देखिएको चरम विकृतिलाई स्रष्टा दाहालले यसमा उजागर गरेका छन् । यो उपन्यासको अर्को सशक्त पक्ष दार्शनिक चिन्तन रहेको छ । जुनकुरा कृतिमा छरपस्ट रूपमा आएको छ ।
राजनीतिले धर्म छोडेर अहिलेको अवस्था आएकोमा चिन्तित भएका स्रष्टा दाहालले उपन्यासमार्फत वर्तमान अवस्थालाई चोटिलो प्रहार गरेका छन् । दाहालले यत्रो उपन्यास लेख्नुपर्ने अवस्था किन आयो ? समाजले सोच्नुपर्ने बेला आएको बताउँदै असल मान्छेको पुनरोदय हुने पक्का छ ।
अमेरिकामा रहेका नाति श्रीयमरत्न दाहालको गर्त वर्ष जन्मदिनको दिनमा यस कृति लेखन सुरुवात गरेको स्मरण गर्दै श्रीयमकै जन्मदिनका दिन मंगलबार कृति लोकार्पण गरेको जानकारी दिए । उनले कृतिको नामका विषयमा काल भनेको गतिहीन स्थिर हुन्छ भन्दै यो स्थिर कालमा अनेक घटना परिघटना अघि बढाउने पात्र हुने बताए ।
समाजका नायक भन्नेहरूले पढ्नैपर्ने कृति रहेको जिकिर गर्दै तिनीहरूकै लागि लेखिएको उनको स्पष्टोक्ति थियो । उनले भने , ‘म विसं. २०२७ सालदेखि राजनीतिमा सचेत नागरिकका रूपमा रहेको छु, राजनीति अपराधको पीडा भएर यो कृति लेखेको हुँ ।’ हिंसा, व्यभिचार र भ्रष्टाचारलाई जहिल्यै आफूले घृणा गरेको बताउँदै उनले समाजमा रहेका तमाम विकृतिलाई यस कृतिमार्फत उजागर गर्ने केसिस गरेको सुनाए ।
कृति कालपात्रको बिक्रीबाट आएको रकम प्रेसको खर्च कटाएर बाँकी रकम शान्ता फाउण्डेशनमा जम्मा हुने स्रष्टा प्रा. दाहालले जानकारी गराउनुभयो । शान्ता फाउण्डेशनले विपन्न परिवारका क्यान्सर पीडितको उपचारका लागि सहयोग पु¥याउँदै आएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments