वातावरणीय मुद्दामा चासो राख्ने बलिवुड नायीका कंगनाको सगरमाथामा देखीएको फोहोरमा चासो
- जेष्ठ १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आफनो ट्वीटरमा सगरमाथामा देखीएको फोहोरको भिडियो सेयर गर्दै बलिवुड नायीका कंगना रनौतले मान्छेबाट संसारलाई जोगाउन समेत आग्रह गरेकी छन् । वसन्तकालीन आरोहणको समयमा देखिएको यो फोहोरका लागि मानवीय गतिविधि जिम्मेवार भएको र त्यसलाई तत्काल रोक्नुपर्ने बताएकी छन् ।
संसारलाई मान्छेबाट बचाउनुस् भन्दै कंगना लेख्छिन्, ‘मानिसलाई भगवानको सबैभन्दा मनपर्ने ठान्ने जो कोहीले वास्तविकता जाँच गर्नु आवश्यक छ ।
यो दृश्य हेरेपछि तपाईंले महसुस गर्नुहुनेछ कि मानव सायद भगवानको सबैभन्दा कम मनपर्ने हो । तिनीहरूले आफ्नो दुर्गन्धित फोहोर पदचिह्न जताततै छोड्छन् ।
कृपया संसारलाई मानिसहरूबाट बचाउनुहोस् ।’ कंगनाको उक्त ट्वीटमा प्रतिक्रिया दिंदै फ्यानले सगरमाथा संरक्षणका लागि उनको चासोको प्रशंसा गरेका छन् । बलिउड अभिनेत्री रनौत समसामयिक राजनीति, समाज र वातावरणीय मुद्दामा बेलाबेलामा चासो व्यक्त गरिरहेकी हुन्छिन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments