प्रधानमन्त्री दाहालको भारत भ्रमण : भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार डोभालको भेट

- जेष्ठ १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन्

प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल उनी बसेको होटल मौर्यमा पुगेका थिए । बुधबार अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो ।

यसैबीच बुधबारै प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि बुधबारै नयाँ दिल्ली पुगेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर