प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै : दुवै देशका प्रधानन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने

- जेष्ठ १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले बिहान साढे दश बजे शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ। राजघाट पुगेर गान्धी प्रति पुस्पगुच्छा अर्पण गर्नेछन्।

राजघाटबाट फर्केर प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो भेटघाटमा दुई देश बिचको आपसी सबन्धका बारेमा छलफल हुनेछ।

सो भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ। सो भेटवार्ता र छलफल पछि दुई देशका बिचमा सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ। सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

बिहिबारै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहालले साँझ होटेल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर