•  २६ पुष २०८१, शुक्रबार

भारत भ्रमण : हैदरावाद हाउसमा दाहाल र मोदी बिच भेटवार्ता

- जेष्ठ १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । बिहिबार बिहान हैदरावाद हाउसमा दाहाल र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।
त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री दाहाल सहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर