भारत भ्रमण : ३ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाकोे डीपीआर टुंगो लगाउने

- जेष्ठ १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भारत भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ३ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाकोे डीपीआर टुंगो लगाएर एक वर्षभित्र लगानीको प्रारुप टुंग्याउने सहमति भएको बताएका छन् ।
भारतसँगको वार्तामा बसेका एक अधिकारीका अनुसार पानीको लाभको बाँडफाँटका आधारमा दुई देशले गर्ने लगानीको परिमाण टुंगो लगाउन सबै देश सहमत भएका छन् ।
पानी बाँडफाँटको लाभ कसले कति लिने भन्ने टुंग्याएर त्यसको आधारमा नै लागत तय गर्न भारत सहमत भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर