पूर्व राजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनेर प्रतिष्पर्धामा आउन नेता खनालको चुनौती
- जेष्ठ १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राप्रपाको अध्यक्ष बनेर प्रतिष्पर्धामा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले चुनौती दिएका छन् । उनले भने, उनले भने देशमा गुण्डागर्दी गर्ने छुट शाहलाई छैन् ।
शाहको आलोचना गर्दै देशमा गुण्डागर्दी भएको सह्य नहुने पनि बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दा आफूलाई लक्षित गरि राजाका मान्छेहरुले आफूविरुद्ध नाराबाजी लगाएकोप्रति आक्रोशित हुँदै नेता खनालले पञ्चायत कालमा लोकतन्त्रका लागि लड्नेहरुमाथि मण्डलेहरुले आक्रमण गर्ने गरेको स्मरण गर्दै अहिले तीनै मण्डलेहरु ब्यूँताउने कोसिस भइरहेको बताए ।
तिनै मण्डलेहरु ब्यूँताउन कोसिस भएको छ। ज्ञानेन्द्र राजा जिन्दावाद भन्छन् एकातिर, अर्कोतिर लोकतन्त्रकाविरुद्ध लड्ने योद्धाकाविरुद्ध तथानाम गर्छन् उनले भने । उनले यस्ता गुण्डागर्दी बन्द नगरिए पूर्व राजा ज्ञानेन्द्र शाहका कुनै पनि कार्यक्रम हुन नदिने चेतावनीसमेत दिए। प्रतिस्पर्धा गर्ने भए राजनीतिक दलको अध्यक्ष बनेर आउन चुनौती दिँदै नेता खनालले यस्ता अराजक गतिविधि नरोके देशव्यापी रुपमा कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी दिए।
पूर्वप्रधानमन्त्री खनालले सर्प पालन प्रकरणमा आफ्नो कुनै अनियमितता भेटे आफू सजाय भोग्न तयार रहेको र कुनै पनि भ्रष्टाचारका मुद्दामा आफूबाटै अनुसन्धान सुरु गर्न आग्रह गरे।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments