स्थानीय तहमा स्थानीय पाठ्यक्रम
- जेष्ठ १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
दाङ ।
दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले तयार गरेको आधारभूत तह कक्षा १ देखि ८ सम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो दङ््गीशरण’को मस्यौदाका बारेमा जानकारी दिन सरोकारवाला निकायसँग गरेको छलफल कार्यक्रममा सो जानकारी गराइएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले तयार पारिएको मस्यौदालाई सरोकारवालासँग थप सल्लाह, सुझाव माग गर्न अन्तरक्रिया आयोजना गरिएको बताए । उनले स्थानीय पाठ्यक्रम निर्माणपछि यहाँको सांस्कृतिक, धार्मिक र सामाजिक पक्षको उजागर हुने र यहाँको पहिचान स्थापित हुने अपेक्षा गरिएको बताए । छलफलका क्रममा पालिकाका पहिचान बोकेका स्थल तथा सांस्कृतिक सम्पदाहरूको विषयवस्तु थप गर्नु पर्नेलगायतका सुझावहरू आएको पालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए ।
कार्यकममा वडा नं ६ का वडाध्यक्ष रोशनजङ्ग शाहले स्थानीय पाठ्यक्रम लागु भएसँगै यहाँको रहनसहन र यहाँ बसोबास गर्ने जातजातिको बारेमा एकअर्कालाई ज्ञान मल्निे बताए ।
यसैबीच जिल्लाका छ स्थानीय तहले आफनै पाठ्यक्रम निर्माण गरेर लागु गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले पालिकाहरूले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।
स्थानीय पाठ्यक्रम निर्माण गरेर तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकाका विद्यालयहरूले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् ।
जिल्लामा सबैभन्दा पहिले तुलसीपुर उपमहानगरपालिकाले २०७८ मा ‘हाम्रो तुलसीपुर’ स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गरेको थियो भने अन्य पालिकाहरूले गत वर्षदेखि लागु गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले स्थानीय पाठ्यक्रमको उद्देश्य बालबालिकालाई स्थानीय धर्म, भाषा, संस्कृति, रीतिरिवाज, जातजातिसँगै भूगोल, सम्पदा, पर्यटन, सीप तथा रोजगारको विषयमा जानकारी गराउनु रहेको बताए ।
राजपुर गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम लागु गरिसकेको छ । स्थानीय पाठ्यक्रमलाई प्रभावकारी बनाउनका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु गरेको सो गाउँपालिकाले जनाएको छ ।
लमही नगरपालिका, गढवा र बबई गाउँपालिकाले भने स्थानीय पाठ्यक्रम निर्माण गरिरहेको बताएका छन् । गढवा गाउँपालिकाले पनि स्थानीय भूगोल, सम्पदा, धर्म, संस्कृतिलगायतका समग्र अवस्थालाई समेटेर पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहे पनि पाठ्यक्रमलाई पूर्णता दिन नसक्दा विद्यालयमा पठनपाठन गराउन नसकिएको जनाएको छ ।
गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्यामबहादुर विकले स्थानीय विषयवस्तुका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले जिल्लाका अधिकांश विद्यालयले पठनपाठन गराउँदै आएको जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments