सीटीईभीटीका कर्मचारी सवार जीप नदीमा खस्यो
- जेष्ठ १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
सिन्धुली ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौबाट खोटाङतर्फ जाँदै गर्दा मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनमा सुनकोशी नदीमा खसेको हो ।
जीपमा चार जना सवार रहेको र चालक दाङका कृष्ण चौधरी सुनकोशी नदीबाट निस्कन सफल भएको तर बाँकी तीन जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्ण वहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका वडा नं. ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक वर्ष ५६/५७ का यमप्रसाद घुर्तेल र ईलाम घर भएका विद्युत प्रशिक्षक वर्ष ३०÷३२ का भानु पौडेल रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको खोजी भइरहेको पनि जानकारी दिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments