म्याराथन(रेस)मा सहभागिता जनाउन बस्नेत र शेर्पा फ्रान्स जाँदै

- जेष्ठ १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सोलुखुम्बु ट्रेल रेसमा प्रथम भएका धावक रबिन बस्नेत र धावीका ल्हामु शेपा फ्रान्समा हुने म्याराथनमा सहभागी हुन त्यसतर्फ जाने भएका छन् ।
असार १ गतेबाट युरोपमा हुने म्याराथन(रेस)मा सहभागिता जनाउने भएका हुन् । द स्मल वल्र्ड (टिएसडब्लु)ले आयोजना गरेको जुन १६ तरिखबाट सुरु हुने ४ विधाका विभिन्न म्याराथनका ११ तारिख त्यस तर्फ प्रस्थान गर्ने भएको टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए । धावक बस्नेत र धावीका शेर्पा जुलाई १६ सम्म म्याराथनमा सहभागी भई सेप्टेम्बर १० तरिख नेपाल फर्किने कार्यक्रम रहेको छ ।
प्रतियोगिताका लागि आर्थिक व्यवस्थापन नेपाल ओलम्पीक धावक दावा छिरी शेर्पाले गर्ने भएका छन् । सन् २०२० मा ’ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट गरिएको १५ दिन लामो ३ सय १० किलो मिटरको ‘सोलुखुम्बुु ट्रेल रेसमा पुरुषबाट बस्नेत र महिलाबाट शेर्पा प्रथम भएका थिए ।

तल्लो भेगबाट सुरु भएर सगरमाथा आधार शिविर पुगि पुनःतल्लो क्षेत्रको फाप्लुमा आएर समापन भएको उक्त रेसमा विदेशी ६५ जना र नेपाली १५ जना गरी ८० जना धावकले सहभागीता जनाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर