भारत भ्रमण : नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधारको चार आयोजना निर्माण गर्न सम्झौता
- जेष्ठ १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधारको चार आयोजना निर्माण गर्न भएको सम्झौताले नेपालको इन्धन भण्डारणको क्षमता एक महिना बढ्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको दोस्रो दिन बिहीबार नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार निर्माणका ४ परियोजना २६ अर्ब लागतमा ५ वर्ष भित्र सम्पन्न गर्ने गरी समझदारी भएको थियो ।
दुई वटा पेट्रोलियम पाइपलाइन विस्तार र दुई वटा इन्धन भण्डारण डिपो निर्माण सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका भारतीय समकक्षी हरदीप सिंह पुरीले चार आयोजना विकास सम्बन्धी सम्झादारी साटासाट गरेका थिए ।
समझदारीअनुसार भारतले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्नेछ भने एउटा भण्डारण डिपोमा नेपालले ९ अर्ब रुपैयाँ लगानी गर्नु पर्नेछ । नेपाल आयल निगमकाअनुसार विस्तृत परियोजना विकास प्रतिवेदन तयार भइसकेको परियोजनाका बाँकी काम ६ महिना भित्रै सम्पन्न गर्ने र बाँकी ५४ महिनामा परियोजना विकास सम्पन्न गरिने छ ।
तीन परियोजनामा भारतले अनुदान दिन्छ भने एउटा भण्डारण डिपो नेपालले बनाउने हो । परियोजनाको फेज एउटै हुन्छ ।’
भारतको सिलिगुडी चारआली पेट्रोलियम पाइपलाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भारतको अनुदानमा हुनेछ भने चितवनको पेट्रोलियम भण्डारण डिपो नेपालको लगानीमा बन्ने छ । यो परियोजना सम्पन्न हुँदा हाल एक हप्ताको मात्रै रहेको मुलुकको इन्धन भण्डार क्षमता बढेर ३७ दिनको पुग्ने निगमको दाबी छ ।
भारतसँगको पेट्रोलियम पूर्वाधार सम्झौता पछि हालको ७ दिनको भण्डारण क्षमता ५ गुणाले बढ्ने निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरकाअनुसार हाल निगमसंग ६८ हजार किलोलिटर इन्धन भण्डारण क्षमता छ । यसले जम्मा ७ दिनको लागि इन्धन भण्डारण गर्न सक्छ । तर, आगामी ५ वर्षमा निर्माण सकिने यो परियोजना पछि १ महिनाका लागि इन्धन भण्डारण क्षमता बढ्ने छ । त्यसपछि नेपालको कुल भण्डारण क्षमता ३७ दिनको हुने निगमले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments