शिक्षा : अलग पहिचान बनाउँदै सिल्क

- जेष्ठ २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

देशका अधिकांस युवायुवतीहरुको चाहना भनेको प्लस टु पछि विदेशको यात्रा अर्थात विदेशमा गएर अरु शिक्षा हासिल गर्ने र आर्थिक पक्षलाई सवल बनाउने भन्ने एक मात्र नारा हो जुन अहिले चर्चाको शिखरमा छ ।
यही नाराको एक अंश स्वरुप अहिले संघीय राजधानी लगायत देशका विभिन्न विकसित शहरहरुमा खुलेका शैक्षिक परार्मस अर्थात कन्सल्टेन्सीहरुले युवायुवतीहरुको शैक्षिक क्षमता बढाउन लागि सेतुको भूमीका खेलीरहेका छन् ।

संघीय राजधानीमा खुलेका यस्ता कन्सल्टेन्सीहरुले युवा विधार्थीहरुलाई रचनात्मक तरिकाले आफू तिर आर्कषित गर्ने गरेका छन् । यही मेसोका संघीय राजधानीमा खुलेको हजार कन्सल्टेन्सी मध्येको एक हो सिल्क कन्सल्टेन्सी जसले आधुनिक समाज र आधुनिक शिक्षाको खोजीमा लागेका युवायुवतीहरुलाई प्रवासमा शिक्षा आर्जन गर्ने कामनालाई पुरा गरिरहेको छ ।

केही वर्ष अघि मात्र स्थापना भएको सिल्क विधार्थीहरुलाई प्रवास शिक्षाको लागि चाहिने हरेक कुराहरुमा सहयोग गरिरहेको बताउँछन् छुटका साथ प्रवासमा अध्ययन गर्ने माहोल मिलाउने काम भने सिल्के गरिरहेको छ । सिल्क का संचालक बसन्त घिमिरे भन्छन् , बजारका हरेक गल्लीहरुमा कन्सल्टेन्सीहरुको बोर्ड झुण्डिएका होलान् । तर अरुको तुलना गर्नु भन्दा पनि आफनो बेश बनाउने तर्फ हामी लागेका छौं ।

विशेष गरेर अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जर्मन र डेनमार्कको लागि प्रवास शिक्षाको चाँजोपाँजो मिलाउने काम पनि सिल्कले गरिरहेको छ । देशको शैक्षिक माहोल देखी बेलाबखतमा परिवर्तन हुने ऐन नियमहरुले पनि यस्ता कन्सल्टेन्सीहरु मारमा परिरहेको पनि केही सञ्चालक बताउँछन् । प्रवासमा शैक्षिक माहोललाई भने यस्ता कन्सल्टेन्सीहरुले क्यास गरिरहेका छन् ।

सिल्कका संचालक शब्दलाई मान्ने हो भने शैक्षिक माहोल र यसलाई राम्रो बनाउने बातावरण सिर्जना गर्ने काम हामीहरुको नै हो । तर पनि बेलाबखतमा बिग्रीने शैक्षिक बातावरण र सरकारको सोचका कारण भने कन्सल्टेन्सी व्यवसायीहरुलाई केही मार परेको पनि व्यवसायीहरु बताउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर