•  २६ पुष २०८१, शुक्रबार

संसदमा बजेट छलफल : २५ गते अर्थमन्त्री डा. महतले जवाफ दिएपछि बजेट पारित गर्ने

- जेष्ठ २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ । प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रिय सभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।
बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि राष्ट्रपति कार्यालयले पठाएको नागरिकता विधयेक प्रमाणीकरण भएको पत्र सभामुख देवराज घिमिरेले सुनाउने कार्यसूची छ । त्यसपछि, चारदिनसम्म छलफल गर्ने र यही जेठ २५ गते अर्थमन्त्री महतले जवाफ दिएपछि बजेट पारित गर्ने योजना छ ।
अर्थमन्त्री महतले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेका थिए । गत १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएर शनिबार फर्किएपछि आजदेखि बजेटमाथि छलफल सुरु हुन लागेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर