नक्कली शरणार्थी प्रकरण : खाणको पक्षबाट बहस गर्न चाहने अधिवक्ताहरुको संख्या धेरै
- जेष्ठ २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै पैसा उठाएर भएको ठगी प्रकरणमा लागेकाहरुको आइतबार देखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुने भएको छ ।
हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस हुने भएको हो।
यही प्रकरणका मुख्य आरोपी मानिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृण खाणका पक्षबाट २ जना पूर्वमहान्यायाधिवक्ता सहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने भएका छन्।
पूर्वगृहमन्त्री खाणका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्दैछन् । त्यस्तै, नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन्। बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधिवक्ता खातीले जानकारी दिए।
त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको छन् । अघिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका वर्तमान अध्यक्ष हुन्।
बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने छ । खाणको पक्षबाट बहस गर्न चाहने अधिवक्ता धेरैको संख्या धेरै छ। जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments