छारे रोगबाट पीडित वरिष्ठ प्रहरी हवल्दार शङ्कर मृत अवस्थामा फेला परे
- जेष्ठ २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
ताप्लेजुङ ।
सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किदै गरेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दीपक शाह शङ्कर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत थिए । सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित थिए । मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको जनाइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments