प्रतिनिधी सभा : नागरिकता विधेयक – राष्ट्रपति जस्तो संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग
- जेष्ठ २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्। आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरु उठेका थिए ।
सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए । यो विधेयकलाई फेरि निश्क्रिय राखेर संसदमा नयाँ विधेयक ल्याउनुपर्ने उनको माग छ ।
प्राधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा उनले वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार छौं भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए ।
यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले बताए । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विरोध गरे । राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको उनले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments