अर्थ /कारोवार : घट्यो सुन
- जेष्ठ २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। आइतबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा १ हजार ७ सय रुपैयाँले घटेपछि आइतबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपयाँ कायम भएको छ।
यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन, शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments