हार सँगै जित बराबरको उपाधि : महिला क्रिकेट टोलीकी कप्तान रुविनाले चुमिन सर्वोत्कृष्ट खेलाडीको उपाधि
- जेष्ठ २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हार सँगै जित बराबरको उपाधि नेपाली महिला क्रिकेटले पाएको छ । महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले मलेसियासँगको पाँच टि२० आई खेलको सिरिजमा सर्वोत्कृष्ट खेलाडीको उपाधि चुमे सँगै नेपाली महिला क्रिकेटमा केही खुशी छाएको छ ।
नेपाललाई सिरिज ३–२ ले जिताउन अलराउन्ड प्रदर्शन गरेकी रुविना प्लेयर अफ द सिरिज(सर्वोत्कृष्ट) खेलाडी चुनिएकी हुन् । नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै सिरिज जितेको थियो । रुविनाले पाँच खेलको सिरिजमा ८१ रन बनाउनुको साथै ५ विकेट लिएकी थिइन् ।
नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित हुन पुग्यो । नेपाल ५० रनमै अल आउट भएको थियो । उक्त खेलमा रुविनाले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिएकी थिइन् । महिला टि२० आईमा नेपालको मलेसियासँग पहिलो हार थियो ।
दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।
जितको लागि ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्दा रुविनाले २१ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित इनिङ खेलेकी थिइन् । बलिङतर्फ रुविनाले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएकी थिइन् । तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो ।
उक्त खेलमा रुविनाले १५ बलमा ३ चौका र १ छक्कासहित २७ रन बनाएकी थिइन् । चौथो खेलमा भने रुविना डक आउट भएकी थिइन् । उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । रुविनाले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिएकी थिइन् । अन्तिम खेलमा मलेसियालाई तीन विकेटले हराउन रुविनाले ३० बलमा ३ चौकासहित महत्वपूर्ण २३ रन जोडेकी थिइन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments