नक्कली शरणार्थी प्रकरण : खाँणको प्रतिरक्षामा उत्रियो कांग्रेस निकट डीएलए
- जेष्ठ २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जिल्ला अदालत काठमाडौंमा आइतबार सुरु भएको नक्कली शरणार्थी प्रकरणको थुनछेक बहसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षाका लागि कांग्रेस निकटको प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) को टोलीले तयारी गरेको छ । खाँणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले बहस गर्दैछन् ।
भने सोही प्रकरणमा आरोपितहरुको प्रतिरक्षाका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले पनि वकालतनामा लेखाएको छ । बरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे लगायतले खाँणको पक्षमा बहस गर्नेछन् ।
त्यसैगरी ललित बस्नेत, डीएलए अध्यक्ष योगेन्द्र अधिकारी लगायत करिव २० भन्दा बढी कानुन व्यवसायीले खाँणको प्रतिरक्षाका लागि बहस गर्न वकालतनामाको फर्म भरेका छन् ।
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडाल नेतृत्वका कानुन व्यवसायीले बहस गर्नेछन् । सचिव टेकनारायण पाण्डेको प्रतिरक्षाका लागि पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले वकालतनामा भरेका छन् ।
आइतबार जिल्ला अदालतमा थुकछेक बहस सुरु हुँदा कानुन व्यवसायीहरुले वकालतनामा लेखाउने क्रम चलिरहेकाले कानुन व्यवसायीहरुको संख्या बढ्दो छ । नक्कली शरणार्थी प्रकरणमा सरकारी पक्षको नेतृत्व जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले गर्नेछन् ।
यो मुद्दाको बहसमा सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र तयार पार्ने काममा संलग्न भएका ८ जना सरकारी वकिललाई नै जिम्मेवारी दिएको छ ।जाहेरीकर्ताहरुको तर्फबाट पनि केही कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।
अधिवक्ता स्वागत नेपाल, सुशील शर्मा सापकोटा लगायतले जाहेरी दिने पीडितहरुको तर्फबाट वकालतनामा लेखाएका छन् ।
यो मुद्दामा बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई लगायतले कुनैपनि पक्षबाट बहस नगर्ने भएका हुन् । उनीहरुले ‘व्यस्तताका कारण मुद्दा हेर्ने समय नपाएको’ प्रतिक्रिया दिने गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments