भारत भ्रमण : मन्त्रालयले स्वाभाविक ढङ्गले काम गरेको प्रतिक्रिया दिँदै यसमा छोरी बुहारीको कुरा निकाल्नु बेतुक मात्र – परराष्ट्रमन्त्री साउद
- जेष्ठ २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको सोमवारको बैठकमा कूटनीतिक शिष्टाचारसमेत पालना नभएको भन्दै परिवारका सदस्यलाई महत्त्वपूर्ण बैठकमा राख्नु अनुचित भएको बताएका थिए ।
तर पूर्व प्रधानमन्त्री भई सकेका ओलीलाई ज्ञात होला उनले प्रधानमन्त्रीत्वकालमा भएको बिदेश भ्रमण एक जना पनि परिवारका सदस्य लिएर गएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्दा बढि पारिवारीक लावालस्कर पूर्व प्रधानमन्त्री ओलीको भ्रमणमा देखीन्थ्यो ।
हालै भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहालले भ्रमण दलमा आफ्नी छोरी सहभागी गराएको र उच्च स्तरीय भेटवार्तामा छोरीलाई सहभागी गराएको विषयमा जुन कुरा उठेको छ ।
त्यसलाई कुटनितिक समूह नै बेतुकको कुरा भनेर टिप्पणी गरेका छन् । विगतमा पनि पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पूर्व राष्ट्रपति रामवरण यादवको समयमा श्रीमतीको सट्टा छोरीलाई भ्रमण दलमा राखिएको थियो । यसले कुटनितिक क्षेत्रमा कुनै असर गरेको थिएन । अहिले किन यो अवस्था आयो । पूर्व प्रधानमन्त्री ओलीले यसको बिरोध गर्नु पर्ने अवस्था किन आयो । त्यो राजनीतिक बिषय हो ।
पूर्व प्रधानमन्त्रीको ओलीको भनाईको जवाफ एक कुटनितिक बिज्ञ भन्छन् , यो ओली जी को राजनीतिक माहोल तताउने खेलो मात्र हो । यसमा बिरोध गर्नु पर्ने कुनै कारण छैन । उता प्रधानमन्त्री दाहाल निकट एक नेताले भने सरकारी अधिकारीहरू भेटवार्ता भइरहेका ठाउँ नजिक नभएको अवस्थामा प्रधानमन्त्रीकी स्वकीय सचिव रहेकी छोरी एउटा महत्त्वपूर्ण भेटवार्तामा बसेको बताउँदै यसमा बिरोध गर्नु पर्ने कुनै कारण नभएको बताएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा आफ्नो मन्त्रालयले स्वाभाविक ढङ्गले काम गरेको प्रतिक्रिया दिँदै यसमा बिरोधका स्वरहरु निकाल्नु अवस्था नरहेको बताएका छन् । स्वकिय सचिव भएको व्यक्ति नै जाने हो । त्यसैले प्रधानमन्त्री ज्यूले पनि छोरीलाई लानु भयो । यो स्वभाविक हो परराष्ट्रमन्त्री साउदले भने ।
प्रधानमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबीच एक्ला एक्लै भेटवार्ता तय भए पनि अन्तिम अवस्थामा अलग्गै परिस्थिति बनेपछि उनकी स्वकीय सचिव सहभागी भएको जानकारी मन्त्रालयले दिएको छ ।
परराष्ट्र मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमणमा आफ्नो मन्त्रालयले उपयुक्त किसिमले व्यवस्थापनका कामहरू गरेको बताएका छन्। उनले भने, “भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार र प्रधानमन्त्रीबीच एक्ला एक्लै भेट्ने कार्यक्रम थियो। उहाँकी छोरी स्वकीय सचिव पनि भएकीले सहजीकरण गर्नुभएको होला।”
उनले भ्रमण दलमा प्रधानमन्त्रीकी छोरीलाई सहभागी गराउने निर्णयको भने बचाउ गरे। “प्रधानमन्त्रीकी पत्नी बिरामी रहेको हामी सबैलाई थाहा छँदैछ। विगतमा पनि पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पूर्व राष्ट्रपति रामवरण यादवको समयमा श्रीमतीको सट्टा छोरीलाई भ्रमण दलमा राखिएको थियो।”
उच्चस्तरीय भेटवार्ताका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई पनि साथै राखिनुपर्ने चर्चा नेपालमा लामो समयदेखि चल्दै आएको छ। सरकारले विभिन्न देशका राजदूतसहित नेपाल भ्रमणमा आउने वरिष्ठ कूटनीतिक पाहुनाहरूसँगको भेटवार्तामा परराष्ट्रका अधिकारीहरू सामेल गर्नुपर्ने निर्णय गरेको भएपनि त्यसको कार्यान्वयन फितलो देखिने गरेको छ।
एक जना पूर्व कूटनीतिज्ञले तत्कालीन भारतीय राजदूत राकेश सुदले आफ्नो ओहदाको प्रमाणपत्र नै नबुझाइकन त्यसबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेको दृष्टान्त सुनाउँदै प्रोटोकल पालनाको मामिलामा गम्भीरता नदेखिएको टिप्पणी गरे।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments