कोशी प्रदेश : कांग्रेस र माओवादीको मुख्यमन्त्रीमा आ-आफनो दावी – एक मतका कारण अल्पमतमा परेका मुख्यमन्त्री कार्की सरकार जोगाउने तयारीमा
- जेष्ठ २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।
माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पहिले नै गरिसकेको थियो ।
समर्थन फिर्ता लिएपछि प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गृहकार्य सुरु गरेका हुन् । माओवादीले समर्थन फिर्ता लिएपछि एक मतका कारण अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आफ्नो सरकार जोगाउने तयारीमा छन् ।
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिनका लागि ३० दिनको समय छ । उनले विश्वासको मत पाए मुख्यमन्त्रीमा निरन्तरता पाउनेछन्, नपाए नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
कांग्रेस–माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितको गठबन्धनलाई पनि गृहकार्यका लागि ३० दिनको समय छ ।
उता मंगलबारबाटै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आ–आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय संसदीय दलको बैठकबाट गराएर छलफल थालेका छन् ।
प्रदेश तहमा दलले नेतृत्वमा दाबी गरे पनि सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले भने हालसम्म कुनै निर्णय गरेको छैन ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । सरकारमा रहेका दुई दल नेकपा एमालेसँग ४० र राप्रपासँग ६ गरी ४६ सांसद छन् ।
प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६ नै सांसद छन् । सरकार गठनका लागि निर्णायक देखिएको राप्रपालाई एमालेबाट छुटाएर आफ्नो पक्षमा ल्याउन सत्ता गठबन्धनले प्रयास गरिरहेका छन् ।
राप्रपाले भने एमालेको साथ छाड्दा आफूले मुख्यमन्त्री पाउनुपर्ने सर्त राखेको छ । तर कांग्रेस र माओवादी केन्द्र राप्रपालाई मुख्यमन्त्रीमा स्वीकार गर्ने पक्षमा अहिलेसम्म देखिएका छैनन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments