प्रतिनिधी सभामा देखीएको रोग राष्ट्रिय सभामा सर्ने हो कि भन्ने डर
- जेष्ठ २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रतिनिधि सभा बैठकमा सांसदहरु अमर्यादित ढंगले प्रस्तुत भएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको बैठकमा सदस्यहरु गोमादेवी ढकाल, नारायण दाहाल र सुरेश आलेमगरले प्रतिनिधि सभा बैठकमा सदस्यहरु अमर्यादित ढंगले प्रस्तुत भएको गुनासो गरेका हुन् ।
सदस्य सुरेश आलेमगरले भने, ‘कसैले एउटा सन्दर्भमा भनेका सामान्य कुरालाई पनि उछालेर भन्ने एउटा रोग हाम्रो छिमेक घरमा देखा पर्यो । त्यो रोग हाम्रो यो घरमा पनि सर्छ कि भन्ने मलाई डर लागिरहेको छ ।’
यसैगरी दाहालले नियमावली र मूल्यमान्यता विपरीत गएर अवरोध हुने गर्दा यसले राम्रो सन्देश नदिएको बताए । अर्का सदस्य ढकालले सांसदहरुको प्रस्तुतिको असर समाजमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन् ।
प्रतिनिधि सभा बैठकमा बेलाबेला हुने गरेका उच्छृङ्खल र अमर्यादित प्रस्तुतितर्फ संकेत गर्दै राष्ट्रिय सभा सदस्यहरूले चिन्ता व्यक्त गरेका हुन् ।
केही दिनअघि मात्रै संसदमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र बजेटको विषयलाई लिएर हंगामा भएको थियो । केही समयअघि सांसद अमशेरकुमार सिंहले आफ्ना कुरा राख्न नपाएको भन्दै अर्धनग्न भएर विरोधमा उत्रिएका थिए ।
प्रतिनिधि सभामा यस्ता अमर्यादित र रेकर्डबाट हटाउनु पर्ने अभिव्यक्ति आइरहने गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments