एन्फामा जात्रा : महिला विश्वकपको २ सय ३० टिकट विक्रीमा – भागबण्डामा टिकट

- जेष्ठ २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

विश्व फुटवलको केन्द्रिय संस्था विश्व फुटबल महासंघ (फिफा) ले विभिन्न राष्ट्रहरुमा फुटबलको बिकासको लागि विभिन्न सहयोग र कामहरु गरिरहेको छ । आफना सदस्य राष्ट्रहरुमा फुटबलको बिकास र स्त्तरोन्नतीको लागि विभिन्न खेल प्रोजेक्टहरु आयोजना गर्न विभिन्न सहयोगहरु गदै आइरहेको छ ।
त्यही सहयोग मध्ये विश्वकप फुटबलको टिकट पनि एक सहयोगमा पर्ने गर्छ । तर नेपालमा भने टिकटमा पनि घोटला गर्ने चलन चलि आएको छ । नेपालको फुटबलको केन्द्रिय संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरु नै यस्तो घोटला कार्यमा मुछिने गरेका छन् ।
फिफाले आफना सदस्य राष्ट्रका फुटबल समर्थक, क्लबका पदाधिकारी, खेलाडी, प्रशिक्षकहरू फुटबल विकासको अभियानमा थप ऊर्जा बोकेर सक्रिय होउन् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको टिकटमा पनि एन्फाका पदाधिकारीहरुले चालबाजी गर्ने गरेको पाइन्छ ।

यही चालबाजी अखिल नेपाल फुटबल संघ (एन्फा) ले झण्डै डेढ महिनापछि अष्ट्रेलिया र न्यूजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने महिला विश्वकपको २ सय ३० टिकट विक्रीमा हुन लागेको छ । फुटवल टिकटलाई आन्तरिक भागबण्डा गर्ने निर्णय गरेको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा जेठ २० गते बसेको आपतकालीन बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, महासचिव, सह महासचिव, प्रवक्ता, कोषाध्यक्ष, सदस्य, जिल्ला, क्लब, मिडिया, प्रायोजक र शुभचिन्तकका लागि टिकटको भागबन्डा गरेको छ । एन्फाका अनुसार महिला विश्व कपका लागि एन्फालाई अष्ट्रेलियामा हुने खेलको १ सय २५ र न्यूजिल्यान्डमा हुने खेलका लागि १ सय ५ गरि २ सय ३० टिकट विक्रीका लागि उपलब्ध भएको छ । एन्फाले पदीय मर्यादाक्रम अनुसार टिकटको भाग बण्डा गरेको छ । जसअनुसार अध्यक्षलाई अष्ट्रेलियाको ८ र न्यूजिल्यान्डको ७, वरिष्ठ उपाध्यक्षलाई अष्ट्रेलियाको ७ र न्यूजिल्यान्डको ६, चार उपाध्यक्ष र महासचिव हरेकलाई अष्ट्रेलियाको ५ र न्यूजिल्यान्डको ४, केन्द्रिय सदस्य हरेकलाई अष्ट्रेलिया र न्यूजिल्यान्डको समान ३ टिकट भाग लगाइएको छ ।

त्यस्तै एन्फा कोषध्यक्षलाई अष्ट्रेलियाको र न्यूजिल्यान्डको समान १, तीन सहायक महासचिव र प्रवक्ता हरेकलाई अष्ट्रेलियाको १ र न्यूजिल्यान्डको २ टिकट भाग बण्डामा परेको छ । एन्फाका सदस्य जिल्ला, क्लब, मिडिया, प्रायोजक र शुभ चिन्तकलाई अष्ट्रेलियाको ३५ र न्यूजिल्यान्डको १८ टिकट भागमा राखिएको छ ।
भाग लगाइएको अनुसार कुनै पदाधिकारीले टिकट खरिद गर्न नचाहेको वा कम खरिद गर्न चाहेको अवस्थामा आपसी सहमतिमा अन्य पदाधिकारी वा व्यक्तिले खरिद गर्न सक्नेछन् । टिकट खरिद वा विक्री गर्दा सम्बन्धित पदाधिकारीले सिफारिससहित गैरकानुनी गतिविधि नहुने जिम्मा जमानीको करारनामा गर्नुपर्ने पनि एन्फाले निर्णय गरेको छ ।

गत वर्ष पुसमा कतारमा सम्पन्न पुरुष विश्व कपमा एन्फाले २ सय ९० वटा टिकट विक्रिका लागि प्राप्त गरेको थियो । जसमा एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) लाई ६५ टिकट दिएको जनाएको थियो ।
त्यसबाहेकका टिकटका लागि एन्फाले आफू मातहतका ३ डिभिजन (ए,बी,सी) का ४२ क्लब, ४८ जिल्ला फुटबल संघ, ४ फुटबल संघ (रेफ्री, खेलाडी, प्रशिक्षक र महिला), राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब र ७ प्रदेश फुटबल संघलाई समान १ टिकट विक्रीको प्रावधान राखेको थियो । राईले त्यति बेला सबै टिकट विक्री गरिएको भएपनि सबै सार्वजनिक गर्न आवश्यक नरहेको र त्यसको हिसाब संस्थागत अडिटमा हुने बताए । यसपटक भने पदाधिकारी र अन्यका लागि टिकट विक्रीकै भागबन्डा लगाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर