फ्रान्सेली फरवार्ड करिम बेन्जेमा अल इतिहादमा अनुबन्धित
- जेष्ठ २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फ्रान्सेली फरवार्ड करिम बेन्जेमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी च्याम्पियन अल इतिहादमा अनुबन्धित भएका छन् । उनलाई रियलले मंगलबार नै सानदार बिदाई गरिसकेको छ । एक पल्टको बालोन डी’ओर विजेता करिम बेन्जेमाले रियल म्याड्रिडमा १४ वर्षको बसाईलाई बिट मार्दै साउदी अरेबियाको च्याम्पियन अल–इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन् ।
उनी मोटो रकममा अल इतिहादमा अनुबन्धित भएको बुझिएको छ । ३५ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले म्याड्रिडसँग १४ वर्षमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्राफी जितेका थिए ।
उनले रियलका लागि ३५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । रियलमा ४५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् । उनी गत जनवरीदेखि अल नासरमा छ ।
यो राम्रो लिग हो र त्यहाँ धेरै राम्रा खेलाडीहरू छन् ।’ बेन्जेमाले भने, ‘क्रिस्टियानो रोनाल्डो पहिले नै त्यहाँ छन्, एक साथी जसले साउदी अरेबियाले आफ्नो स्तरलाई अझ अगाडि बढाउन थालेको देखाउँछ । म युरोपमा जस्तै जित्नको लागि यहाँ आएको हुँ ।’
‘मैले आफ्नो करिअरमा स्पेन र युरोपमा धेरै कुरा हासिल गरिसकेको छु । यो अब नयाँ चुनौती र परियोजनाको लागि सही समय हो जस्तो लाग्छ ।’ बेन्जेमाले थपे ।
अल–इतिहाद पूर्व वल्भ्स र टोटेनहम प्रशिक्षक नुनो एस्पिरिटो सान्तोको प्रशिक्षणमा छ । सन् २००९ मा फ्रान्सेली क्लब लियोनबाट रियल पुगेका बेन्जेमाले रियलका लागि ६४८ खल खेलेका छन् । उनले क्लबका लागि अन्तिम खेलमा पनि गोल गर्न सफल भएका थिए । आइतबार एथलेटिको बिल्बाओसँग १–१ को बराबरीमा उनले पेनाल्टीमा गोल गरेका थिए ।
अल–इतिहाद चार प्रमुख साउदी अरेबियाका क्लबहरू मध्ये एक हो जुन देशको सार्वजनिक लगानी कोषले लिएको थियो, जसको स्वामित्व न्यूक्यासल युनाइटेड पनि छ ।
रोनाल्डो अल–नासरमा रहँदा अल–हिलालले यसै समरमा पेरिस सेन्ट–जर्मेनका अर्जेन्टिनी फरपार्ड लियोनल मेस्सीलाई अनुबन्ध गर्ने प्रयास थालिरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments