बजेटमाथि संघीय संसद्का दुवै सदनमा छलफल हुने
- जेष्ठ २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल बिहिबार पनि जारी रहने भएको छ।
प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि बजेटमाथिको सामान्य छलफल सुरु भएको हो। छलफलका लागि दुवै सदनको बैठक बिहिबार बिहान ११ बजेका लागि बोलाइएको छ।
दुवै सदनमा सत्तापक्षका सांसदले बजेटको समर्थनमा र प्रतिपक्षी सांसदले विरोधमा धारणा राख्ने गरेका छन्। कतिपय सांसदले भने बजेटको कार्यान्वयनमा आशंका गर्दै मिश्रित प्रतिक्रिया दिने गरेका छन्।
बजेटमाथिको छलफलमा सांसदहरुले विषयान्तर गरेर निर्वाचन प्रणाली बदल्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विद्येयकलगायतका विषयमा पनि बोल्ने गरेका छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments