नागरिकता विधेयकको पक्षमा – एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ : रास्वपा सभापति लामिछाने
- जेष्ठ २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेकोमा स्पष्टीकरण दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने पक्षमा रहेको बताएको छन् । रास्वपा सभापति लामिछानेले नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् ।
सदनमा छलफलमा ल्याएको भए विधेयकमाथि छलफल गरेर केही योगदान गर्ने र स्वामित्व लिन पाइने भनाइ आफूहरुको रहेको लामिछानेले बताए ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले भने, ‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ ।’
उनले आफूहरुलाई राजनीतिको कुनै सरोकार नहुँदा र भोट बैंकको आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितको विषयमा आफूहरु मधेशी जनताको पक्षमा उभिएको बताए ।
‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ । साँच्चै नै छ’ लामिछानेले भने, ‘जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ ।’
नागरिकता विधेयकमा रहेको एकल आमाले सन्तानलाई नागरिकता दिन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था महिलामाथि विभेदकारी रहेको लामिछानेले बताए ।
‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं । त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं,’ उनले भने, ‘गलत बाटोबाट गएको हुनाले विरोध जनाएका हौं ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments