प्रतिनिधिसभा आफ्नो आत्मसम्मान कायम गर्न चुकिरहेको छ : रास्वपा सभापति लामिछाने
- जेष्ठ २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सदनमा राँगा र भैंसीका विषयमा गफ गरेर ५ वर्ष बिताउने हो भने गोबरबाहेक केही नपाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । ‘हामी आत्मालोचना गर्न चाहन्छौं ।
हाम्रा दलबाट भएका कमजोरीमा आत्मालोचना गर्न चाहन्छौं’ उनले भने, ‘हामीले बजेटमा कुराकानी गरिरहँदा राष्ट्रको महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम नागरिकमा राम्रो सन्देश गएको छैन ।’ आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफलमा भाग लिंदै बिहीबार उनले प्रतिनिधिसभा आफ्नो आत्मसम्मान कायम गर्न चुकिरहेको बताएका हुन् ।
‘हामी पार्लियामेन्टको डिग्निटी राख्न चुकिरहेका त छैनौं जस्ता विषयमा हामीले छलफल ग¥यौं । हामी नयाँ राजनीतिक दलको हिसाबमा चाहे हाम्रा पक्षबाट आएका हुन् वा अन्य राजनीतिक दलबाट आएका विषय हुन् हामी कहीं न कहीं लज्जित भएका छौं’ लामिछानेले भने ।
उनले आफ्नो भागको कमी–कमजोरीको जिम्मा लिने भन्दै अगाडि भने, ‘गत केही दिनमा भएका बहस अलिकति अमर्यादित भएकामा क्षमायाचना गर्न चाहन्छु ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments