चलचित्र ‘परस्त्री’ : विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषय
- जेष्ठ २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो ।
“हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ”, निर्देशक पाण्डेले भने । उनले हिन्दी भाषामार्फत बढी दर्शकसम्म पुग्ने विश्वास व्यक्त गरे ।
चलचित्रका लेखक दीपेन्द्र के खनालले यो विषय समाजसँग जोडिएको बताए । उनले भने, “यो हामीले देखिरहेको र सुनिरहेको कथा हो । यसले हाम्रो कमजोरी औँल्याउनसमेत मद्दत गर्छ ।”
चलचित्रकी अभिनेत्री शिल्पा मास्केले आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको जानकारी दिए । “बनिरहेका चलचित्रभन्दा फरक छ । यसको कथा सुन्दा नै मलाई राम्रो लागेको हो”, उनले भने, “पोस्टर सार्वजनिक हुँदा पाएको चर्चाले ‘नर्भस’ पनि थिएँ । यद्यपि ट्रेलर हेर्दा ढुक्क भएकी छु ।”
अभिनेता कोसिस क्षेत्रीले पनि समाजमा भएको तर दबाइएको कथा चलचित्रमा समेटिएको जानकारी दिए । “यो कथाले सम्भावित घटनालाई देखाउँछ, बुझाउँछ । यसमा काम गर्दा निकै सहज र सरल भयो । फरक गर्ने मेरो प्रयासलाई यसका निर्माता तथा निर्देशकले सहजीकरण गरिदिए”, अभिनेता क्षेत्रीले भने ।
अर्का अभिनेता गौरभ विष्टले प्रेमी युवाको भूमिका निर्वाह गरेको जानकारी दिए । उनले भने, “यसले मनोरञ्जनसँगै सचेत पनि गराउँछ । यस्ता चलचित्र बिरलै बन्ने गरेका छन् । यसले दर्शकलाई निराश बनाउँदैन ।”
आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुँदैछ । नेपालमा हिन्दी भाषामा प्रदर्शन गर्ने वा नगर्ने विषय तय नभएको वितरक करण श्रेष्ठले जानकारी दिए । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेका हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments