•  २६ पुष २०८१, शुक्रबार

कार्की विरुद्ध परेका उजुरी खोल्ने र सांसदहरुलाई वितरण गर्ने तयारी : न्यायाधीश, वरिष्ठ अधिवक्ता देखी कर्मचारी सम्मले हाले उजुरी

- जेष्ठ २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संसदीय सुनवाइ समितिको जेठ १६ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्की विरुद्ध उजुरी माग्ने निर्णय गरेको थियो। सुनुवाइ समितिले कार्कीविरुद्ध उजुरीका लागि दिएको समय सकिनुअघि बहालवाला जिल्ला न्यायाधीशसहित अन्यले उजुरी दिएका छन्। उजुरीमाथि छलफल गर्न सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ। सुनवाइ समितिमा बिहीबारसम्म १९ वटा उजुरी परेका छ भने वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि प्रधानन्यायाधीशको लागि अयोग्य व्यक्ति भन्दै शुक्रबार उजुरी हाल्दै छन् ।
आइतबार बस्ने सुनवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरी खोल्ने र सांसदहरुलाई वितरण गर्ने समितिले जनाएको छ। समितिले सुरुमा उजुरीकर्तालाई बोलाउने तयारी गरेको छ। उजुरीकर्ताको कुरा सुनेपछि कार्कीको कुरा सुन्ने समितिको तयारी छ। विगतको अभ्यास पनि यस्तै रहेको छ।

उजुरीकर्ताको छलफलपछि प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई कुन दिन बोलाउने भन्ने टुङ्गो लगाउने समितिले जनाएको छ। १९ वटा उजुरीमध्ये एक बहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराईसहित पाँच जना कानुन व्यवसायीले संयुक्त रुपमा तीन वटा उजुरी दिएका छन्।
त्यसैगरी सर्वोच्चका एक कर्मचारीले समेत यस पटक कार्कीविरुद्ध उजुरी हालेका छन्। त्यसबाहेक केही नयाँ र केही सधैं उजुरी हालिरहने व्यक्तिहरले कार्कीविरुद्ध उजुरी दिएको समितिले जनाएको छ।
संवैधानिक परिषद्ले कायमुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर