फ्रेन्ड्स क्लब विजयी
- जेष्ठ २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एकरएक गोल गरे । खेलको १५औँ मिनेटमा फ्रिकिकमार्फत जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३१औँ मिनेटमा विकासले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७२औँ मिनेटमा अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को अग्रता दिलाए । खेलको ८२औँ मिनेटमा उक्तामोभले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को जित दिलाए । यस जितसँगै रेलिगेसनबाट बचेको फ्रेन्ड्सले २६ खेलमा ३० अङ्क जोडेको छ । पराजित एपिएफको रेलिगेसनको खतरा कायम छ ।
एपिएफले २६ खेलमा ३० अङ्क जोडेको छ । यस जितसँगै फ्रेन्ड्सको २६ खेलबाट ३० अङ्क पुगेको छ । पराजित एपिएफको भने रेलिगेसनको खतरा कायम छ । समान ३० अङ्क रहेको एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments