खेल – लेखनाथ खुला राष्ट्रिय हाफ म्याराथनको उपाधि बस्नेतलाई

- जेष्ठ २७, २०८० मा प्रकाशित


कासिन न्यूज,
कास्की ।

पोखरा महानगर खेलकुद विकास समितिले पोखराको लेखनाथमा पहिलोपटक आयोजना गरेको लेखनाथ खुला राष्ट्रिय पुरुष हाफ म्याराथनमा बस्नेतले २१ दशमलव ९८ किलोमिटरको निर्धारित दूरी एक घन्टा १३ मिनेट ३३ सेकेन्डमा पूरा गरी च्याम्पियन रामजी बस्नेत बनेका छन् ।
पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रङ्गशालाबाट सुरु भएको दौड लेखनाथ साना तथा सहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्याम हुँदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेट हुँदै कालीगण्डकी चोक पुगेको थियो । त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मी मावि हुँदै लेखनाथ चोक, डाँडानाकबाट तालचोक, शिशुवा, नौबीसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रङ्गशालामा पुगेर दौड टुङ्गिएको थियो ।


हाफ म्याराथनमा मोहनदेव जोशी द्वितीय भने । उनले निर्धारित दूरी पूरा गर्न उनल एक घन्टा १४ मिनेट दुई सेकेन्ड समय लगाए । यसैगरी एक घन्टा १८ मिनेट आठ सेकेन्डको समयमा दौड पूरा गरी अनिश गुरुङ तृतीय बनेका छन् ।

महिलातर्फको १० किलोमिटर सडक दौडमा एक घन्टा छ मिनेट ३७ मिनेटमा पूरा गर्दै पूर्णलक्ष्मी न्यौपाने प्रथम भइन । आशा रावत द्वितीय तथा सुमित्रा के चाण्डारीले तृतीय स्थान हासिल गर्नुभएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिएका छन् ।

म्याराथन विजेताले नगद रु ३० हजारसहित प्रमाणपत्र तथा उपविजेताले नगद रु २० हजार र तृतीय हुनेले रु १० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । महिला १० किमी दौडका धाविकाले नगद रु ३० हजार, उपविजेताले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कार पाए ।

विद्यालयस्तरीय पाँच किलोमिटर दौडअन्तर्गत छात्रतर्फ तेन्जेन रोकाले १७ मिनेट ४० सेकेन्डमा पूरा गर्दै प्रथम भए । विवेक परियारले १७ मिनेट ५० सेकेन्डमा पूरा गरी द्वितीय र १७ मिनेट ५५ सेकेन्डको समय लगाएका सुनिल विकले तृतीय स्थान प्राप्त गरे ।

छात्रातर्फको प्रतिस्पर्धामा पाँच किलोमिटर दौडमा नारायण भण्डारी प्रथम, मेनुका अधिकारी द्वितीय र एन्जेल अधिकारी तृतीय हुन सफल भए । विद्यालयस्तरीय दौडका विजेताले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर