देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी चुँइक्क नबोल्नेको हातमा देश – राप्रपा अध्यक्ष लिङ्देन
- जेष्ठ २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन खनिएका छन् ।
शनिवार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नदीनाला विदेशीलाई दिँदा उपलब्धी ठान्न थालिएको टिप्पणी गरेका हुन ।
‘आज हेनुर््स् त, देशको जिम्मा लिएको राजनीतिक दलहरु र व्यक्तिहरुका क्रियाकलाप कस्ता प्रकारका छन् ? देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन्’ उनले भने ।
अध्यक्ष लिङ्देनले भारतले नयाँ संसदमा राखेको नेपाली भूमिसहितको नक्साबारे भने कुरा उठाउन नसकेको भन्दै दाहालको आलोचना गरे ।
‘आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरुको हातमा आज देशको नेतृत्व छ’ उनले भने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments