पूर्वअर्थमन्त्रीको वर्तमान अर्थमन्त्री डा.महतलाई प्रश्न, ‘यो उल्टो निर्णयको औचित्य के हो ?’

- जेष्ठ २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको करमा उल्टो निर्णय लिएको बताएका छन् । उनले तुलनात्मक रुपमा कम किलोवाट क्षमतामा र सार्वजनिक विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाउने र महंगा विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क घटाउने निर्णयको औचित्य पुष्टि गर्न माग गरे । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले भने, ‘यो उल्टो निर्णयको औचित्य के हो ?’
विद्युतीय सवारीको भन्सार तथा अन्तशुल्कलाई ‘¥यासनलाइजेसन’ गर्न गरिएको अर्थमन्त्रीको दाबीलाई तथ्यले गलत सावित गरेको उनले बताए । ‘

र्यासनलाइजेसन गर्न यस्तो उल्टो निर्णय गरिन्छ ?’, पूर्वअर्थमन्त्री पौडेलले भने, ‘विद्युत खपत बढाउने, पेट्रोलियम पदार्थको आयातसँगै व्यापार घाटा कम गर्न र वातावरण संरक्षण गर्न प्रतिकूल हुने यस्तो निर्णय किन गर्नु परेको हो ?’

विद्युतीय सवारीको करको दर परिवर्तन हुनु र बजेटको ठीक अगाडि ११०० गाडी भित्रनुलाई संयोग मात्र भनेर चित्त बुझाउन नसकिने उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर