म्यानचेस्टर सिटीले चुम्यो युरोपेली च्याम्पियन्स लिगको उपाधि
- जेष्ठ २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग उपाधिको लामो प्रतीक्षा अन्त्य गरेसँगै विश्व फुटबलमा निकै कठिन मानिने ‘ट्रेबल’ सफलता पनि हासिल गरेको छ ।
एकै सिजनमा तीन उपाधि जित्ने कठिन उपलब्धि हासिल गर्ने क्रममा सिटीले इन्टर मिलानलाई च्याम्पियन्स लिगको फाइनलमा हराएको हो ।
यसअघि छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कप जितेको सिटीले प्रिमियर लिगमा आर्सनलको कडा चुनौतीलाई पछि पारेको थियो ।
यसअघि पनि घरेलु प्रतियोगितामा वर्चस्व जमाएको सिटीले च्याम्पियन्स लिगमा सोचेजस्तो नतिजा निकाल्न सकेको थिएन । तर शनिबार फाइनलमा सिटीले अपेक्षित प्रदर्शन नगरेपनि नतिजा हासिल गर्यो ।
स्पेनिस मिडफिल्डर रोड्रीले ६८ औं मिनेटमा गरेको गोल नै सिटीको जितमा निर्णायक सावित भयो । उनले रिबाउन्डमा आएको बलमा गरेको शक्तिशाली प्रहार इन्टरको डिफेन्स लाइन र गोलरक्षक बिट गर्न सफल भएको थियो ।
सिटीको उपाधिसँगै प्रशिक्षक पेप गुआर्डीओलाले पनि आफूलाई विश्वकै सर्वाधिक सफल मध्यको प्रशिक्षकमा स्थापित गरे । उनले बार्सिलोनामा जितेको दुई च्याम्पियन्स लिग उपाधिमा अर्को पंक्ति थपे । तर उनलाई दोस्रो बाट तेस्रो उपाधि जित्न १२ वर्ष लाग्यो ।
गुआर्डीओला सर एलेक्स फर्गुसनपछि प्रिमियर लिग टोलीलाई ट्रेबल जिताउने प्रशिक्षक पनि बने । यसअघि फर्गुसनले म्यानचेस्टर युनाइटेडलाई सन् १९९८÷९९ सिजनमा यो उपलब्धि दिलाएका थिए । युरोपमा पछिल्लो पटक इन्टर मिलानले यो उपलब्धि सन् २०१० मा हासिल गरेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments