नक्कली शरणार्थी प्रकरण : लोप हुँदै प्रमाण – कसैले पनि खाँणको नाम नपोलेको अभियोजन अनुसन्धानले देखायो

- जेष्ठ २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षबाट वकालत गर्नको लागि अहिले अधिवक्ताहरु बिच तँछाडमछाड भईरहेको छ । खाँणको पक्षमा थुनछेक बहस हुने भएको छ ।
अहिले खाँणको पक्षबाट तीन पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष र दुई पूर्वअध्यक्ष सहितका वरिष्ठ अधिवक्ताहरूले बहस गर्ने भएका छन् ।
खाँणको पक्षबाट पूर्वमहान्यायाधिवक्ताहरू खम्मबहादुर खाती, रमणकुमार श्रेष्ठ र महादेवप्रसाद यादवले बहस गर्नेछन्। त्यस्तै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले पनि बहस गर्नेछन्।
बारका दुई पूर्वअध्यक्षहरू प्रेमबहादुर खड्का र शेरबहादुर केसी, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहाल, डेमोक्रयाटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी सुरेन्द्र महतो लगायतका वरिष्ठ अधिवक्ताहरूले बहस गर्ने तय भएको छ।
२७ वैशाखमा चाबहिल मैजुबहालस्थित निवासबाट खाँणलाई शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो। तर अनुसन्धान गर्दा बैंक खातामा वा कसैले नगदै पैसा बुझाएको प्रमाण प्रहरीले फेला पारेन ।
म्यासेज र सामाजिक सञ्जालमा पनि यो प्रकरणबारे खाँणको प्रमाण भेटिएन। प्रहरीले उनको मोबाइलको डाटा रिकभरका लागि प्रहरी ल्याबमा पठाए पनि कुनै प्रमाण रिस्टोर नभएको प्रहरीले बताएको छ।
खाँणको विरुद्ध कुनै पनि जाहेरीकर्ताले किटानी जाहेरी दिएका छैनन्। प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा भएको बयानमा पनि कसैले खाँणको नाम नपोलेका अभियोजन अनुसन्धान गर्दा देखिन्छ।
खाणको मात्रै होइन, हज समितिका अध्यक्ष मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पनि प्रमाण फेला पार्न प्रहरीले सकेको छैन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर