नक्कली शरणार्थी प्रकरण : पूर्व महान्यायाधिवक्ता श्रेष्ठले पाण्डेलाई पक्राउ गर्नु अनुचित भएको राय दिए
- जेष्ठ २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नक्कली शराणार्थी प्रकरणमा सरकारी पक्षलाई ३ र आरोपित पक्षलाई ६ दिनको समय दिइएको थियो। आरोपितका तर्फबाट बुधबारदेखि बहस सुरु भएको थियो। सोमबार प्रतिवादीहरु रामशरण केसी, टेक नारायण पाण्डे, गोविन्द चौधरी र नरेन्द्र केसीको तर्फबाट बहस भएको छ।
जिल्ला अदालत काठमाडौंमा चलिरहेको मुद्दामा गत आइतबारदेखि बहस सुरु भएको थियो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस चलिरहेको मुद्दामा प्रतिवादीलाई मंगलबारसम्म बहसको समय दिइएको छ । इजलासले सुरुकै दिन समय निर्धारण गरेको थियो।
बहालवाला सचिव पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए। पूर्व महान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले बहसका क्रममा उनलाई पक्राउ गर्ने कार्य अनुचित भएकोसहित अख्तियारका प्रमुख प्रेम राई, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, केपी शर्मा ओलीका स्वकीय राजेश बज्राचार्यलाई किन पक्राउ गरिएन भन्दै प्रश्न गरे।
उनले क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै शर्तसहित धरौटीमा रिहा गर्न माग गरे। बहस जारी भएकाले मुद्दा हेर्दा–हेर्दै राखिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments