उरुग्वेको युवा टोली यू-२० विश्वकप च्याम्पियन

- जेष्ठ २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

दक्षिण अमेरिकी राष्ट्र उरुग्वे यू२० विश्वकपको च्याम्पियन बनेको छ । इटालीको युवा टोलीमाथि १–० को जित निकाल्दै उरुग्वेको युवा टोली यू२० विश्वकपको च्याम्पियन बन्न सफल भएको हो ।

अर्जेन्टिनमा आइतबार राति भएको खेलमा उरुग्वेलाई च्याम्पियन बनाउन खेलको अन्त्यतिर लुसियानो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दुवै टोलीले गोलका केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेलको अन्त्यतिर लुसियानोको गोल नै उरुग्वेलाई च्याम्पियन बन्न पर्याप्त रह्यो ।

तीनपल्ट फाइनल खेल्दा उरुग्वे पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो । यसअघि उरुग्वे १९९७ र २०१३ मा उपविजेता बनेको थियो । उरुग्वे १९९७ मा अर्जेन्टिना र २०१३ मा फ्रान्ससँग फाइनलमा पराजित भएको थियो । दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै इजरायल तेस्रो भएको छ ।

इटालीका सिसर कासाडेइ विश्वकपको सर्वाधिक गोलकर्ता भए । उनले विश्वकप भर कुल ७ गोल गर्न सफल भएका थिए ।

२० मेबाट सुरु भएको विश्वकपमा ६ महादेशका २४ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी राष्ट्रलाई ६ समूहमा विभाजन गरी अर्जेन्टिनाको चार शहरमा खेलाइएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर