इमर्जिङ्ग टिम्स एसिया कपमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य
- जेष्ठ ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हङकङमा जारी पाकिस्तान ए ले एसिसी इमर्जिङ्ग टिम्स एसिया कपमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.२ ओभरमा ८७ रनमा अल आउट भयो । नेपाललाई ओपनर कविता कुँवरले पहिलो सफलता दिलाएकी थिइन् । लगातार योर्करका साथ उनले दबाबमा राखेकी थिईन् ।
ओपनर इयामा फतिमा कविता कुँवरको बलमा इन्दु बर्माबाट शुन्यमा क्याच आउट भएकी थिईन् । स्पिनर कविता जोशीले छौटौं ओभरको तेस्रो बलमा सदाफ शमासलाई १२ रनमा बोल्ड आउट गरिन् । एक बलपछी नतालिया प्रबेज ठुलो सट खेल्ने धुनमा विकेटकिपर ज्योति पान्डेबाट क्याच आउट भइन्।
गुल फेरोजा १८ बलमा २ चौकासहित १२ रनमा आउट भैइन्। उनी सीता राना मगरको बलमा क्याच आउट हुन पुगेकी थिइन् । नेपालले सानदार बलिङ गरेपछि एक समय पाकिस्तान ६५–७ को दयनीय अवस्थामा पुगेको थियो ।
तुबा हसन र फातिमा सानाले आठौं विकेटका लागी २७ रनको साझेदारी गरेका थिए । तुबा हसन १४ बलमा १ छक्कासहित ९ रनमा इन्दुको बलमा कट एन्ड बोल्ड आउट भईन् । इन्दु बर्माले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् ।
नेपालकी सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता जोशीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले ३.२ ओभरमा १२ रन खर्चेर २ विकेट लिईन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments