युगलाई भावी पुस्तामा चिनाउने माध्यम नै चित्रकला : परराष्ट्रमन्त्री साउद

- जेष्ठ ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।

परराष्ट्रमन्त्री एनपी साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताएका छन् । मंगलबार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकन पश्चात सञ्चारकर्मीहरुसँगको कुरा गर्दै मन्त्री साउदले चित्रहरु विलासिताका वस्तु नभई सिर्जनाका कुरा र युगका प्रतिबिम्ब भएको बताए ।
मन्त्री साउदले युगलाई भावी पुस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताए । चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको उनले बताए । मन्त्री साउदले चित्र मनका भावहरुको अभिव्यक्ति भएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर