प्रहरी सक्रियता : ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन सहित साह पक्राउ
- जेष्ठ ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित वीरगञ्जका २२ वर्षीय किसन साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । साहको साथमा करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन रहेको थियो ।
करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा साहलाई सुनसहित नियन्त्रणमा लिएको हो । प्रहरी प्रवक्ता कार्कीका अनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
त्यस्तै प्रहरीले रातोमाटेबाट अवैध कपडा पनि बरामद गरेको छ । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा १०० थान साडी र ६०० थान सल बरामद गरिएको हो । प्रहरीका अनुसार करिब एक लाख ५ हजार रुपैयाँ बराबर मूल्यको कपडा बरामद गरिएको हो ।
प्रहरीले कपडा बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया पठाउने तयारी गरेको प्रवक्ता कार्कीले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments