•  २६ पुष २०८१, शुक्रबार

कार्कीविरुद्ध २९ वटा उजुरी : उजुरी नदिएका मानिसहरुसमेत सिंहदरबारस्थित समितिको बैठक स्थलमा

- जेष्ठ ३१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संसदीय सुनुवाइ समितिले बिहीबार प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको सुनुवाइ गर्ने तय गरेको छ । त्यसको अघिल्लो दिन उजुरीकर्ताहरुलाई उनीहरुको उजुरीमाथि छलफल गर्न बोलाइएको छ ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश समेत रहेका कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।
उजुरीकर्ताहरुले कार्कीलाई समेत उपस्थित गराएर छलफल गर्नुपर्ने माग गरेका थिए । समितिले उक्त माग अस्वीकार गरेको छ । तर बुधबार उजुरी नदिएका मानिसहरुसमेत सिंहदरबारस्थित समितिको बैठक स्थलमा पुगेका छन् ।

सुनुवाइ समितिले भने अहिले केही उजुरीकर्तालाई मात्र बैठकमा सहभागी गराएको छ । अरुले भने बैठक कक्षको ढोका बाहिर बसेर आफूहरुलाई पनि सहभागी गराउनु पर्ने भन्दै विरोध गरिरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर